ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङ बस दुर्घटना अपडेट – पाँच जनाको मृत्यु , उद्धार कार्य जारी


एबीसी न्यूज
५ जेष्ठ २०७६, आइतबार   ८ : ५७   बजे

This image has an empty alt attribute; its file name is 60552040_454534101964319_302706670797062144_n.jpg


काठमाडौं, ५ जेठ ।  झापाबाट काठमाडौं आउदै गरेको बस त्रिशुली नदिमा खस्दा मृत्यु हुनेको सख्या पाँच पुगेको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको हो ।
चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा रहनु भएका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनु भयो । झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको थियो।
दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । मृतकको सनाखत भएको छैन । बाँकी घाइतेको स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ। बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu