ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धानमा प्रविधिको प्रयोग बढाउनुपर्छ– गृहमन्त्री थापा


एबीसी न्यूज
६ जेष्ठ २०७६, सोमबार   ८ : १२   बजे


काठमाडौं, ६ जेठ ।  गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानमा प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘रणनीतिक तथा नेतृत्व विकास तालीम’को समापन कार्यक्रममा उहाँले विज्ञान प्रविधिको प्रयोग गरी आपराधिक घटना बढिरहेकाले त्यसलाई निस्तेज पार्न अनुसन्धानमा पनि प्रविधि प्रयोग बढाउनुपर्ने बताउनुभएको हो ।

“अपराधीले प्रविधिको उच्च प्रयोग गर्दै आपराधिक क्रियाकलाप गर्दै आएका र त्यस्ता आपराधिक गतिविधिलाई निस्तेज गर्न प्रविधिको विकास गर्दै प्रविधिसम्बन्धी ज्ञान तथा सीपलगायतका विषयहरु तालीममा समावेश गर्नुपर्छ,” उहाँले भन्नुभयो । उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई वहन गर्न इमान्दारी र अनुशासन अनिवार्य रहेको उहाँको भनाइ थियो । गृहमन्त्री थापाले तालीमबाट प्राप्त नेतृत्व विकाससम्बन्धी सिद्धान्त तथा विविध ज्ञानले देश र जनताको सुरक्षामा महत्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर, भ्रष्टाचारीलाई नियन्त्रण एवं निस्तेज पार्न जरुरी रहेको बताउनुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुमा निखार ल्याउनका लागि तालीम सञ्चालन गरिएको उल्लेख गर्दै आउँदा दिनमा यस्ता तालीमलाई निरन्तर रुपमा सञ्चालन गरिने जानकारी गराउनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध एवं राष्ट्रिय सुरक्षाका विषयमा विभिन्न चुनौतीको सामना गर्न सबै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

तालीममा राष्ट्रिय अनुसन्धान विभागका सात सह–अनुसन्धान निर्देशक र १८ उप–अनुसन्धान निर्देशकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group