ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुमि ब्यवस्था तथा अभिलेख बिभागबाट सरकारलाई असहयोग ! [भिडियो सहित]


sharan sharan
८ जेष्ठ २०७६, बुधबार   ७ : ५३   बजे

नेपालगञ्ज, ८जेठ ।
जिल्ला मातपोत कार्यालय बांकेमा कार्यालय नै रित्तो हुने गरि कर्मचारी प्रहरी हिरारतमा पुगेपछि सेवाग्रहीको काममा गम्भीर असर परेको छ । कुल ५१ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा १७ जना कर्मचारी मात्र हाजीर भएपछि १ दिनमा सकिने काम महिना दिन लाग्ने गरेको छ ।
सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पास गरेको आरोपमा मालपोतका कर्मचारीहरुलाई गत चैत्र पहिलो साता प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय बांकेले अनुसन्धानको लागी भन्दै एकैपटक झण्डै एक दर्जन विभिन्न पदमा कार्यरत कर्मचारीलाई पक्राउ गरेपछि नियमित कामकाजमा समस्या उत्पन्न भएको छ । सेवाग्राहीको घुंइचो लाग्ने मालपोतमा दुई महिना हुनलाग्दासमेत भुमि ब्यवस्था तथा अभिलेख बिभागले कर्मचारी नखटाईदिंदा जनताले दुःख पाउने गरेका छन् । जग्गा फुकुवा गराउन मालपोत कार्यालय पुगेका बांके खजुरा गाउँपालिकाका धनप्रसाद ढकालले निकै ढिलो हुनेगरी काम हुने गरेको बताए । एउटा कर्मचारी अभाव अनी भएका कर्मचारीहरुले पनी सिस्टममा काम नगर्दा सेवाग्राहीहरुले सास्ती पाइरहेको उनको भनाई रहेको छ ।
५ जना मालपोत अधिकृतको दरबन्दीमा कार्यालयमा २ जना कार्यरत थिए, तर ती २ जना पनि सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता अभियोगमा निलम्बनमा परेपछि फरार छन् । त्यस्तै १३ जना नायव सुब्बामा ६ जना बहाल रहेकोमा १ जना निलम्बन र ४ जना हिरासतमा पुगेपछि १ जनाबाट काम भईरहेको छ । १५ जना खरिदारको दरबन्दी रहेको मालपोत बांकेमा ९ जना बहाल रहेकोमा ३ जना निलम्बन र १ जना हिरासतमा पुग्दा ५ जनाबाट सेवा दिने गरिएको छ । २ जना कम्प्युटर अपरेटरमा १ जना हिरासतमा पुगेपछि १ जना मात्र बहाल रहेका छन् ।

कर्मचारी अभाव देखाउंदै मालपोत कार्यालयमा महिना दिनसम्म पनि काम नहुने गरेको सेवाग्राहीहरु गुनासो गर्छन् । कर्मचारीले आज काम गर्न सकिंदैन भोलि फेरि आउनु होला भनेर फर्काउने गरेकोे गुनासो उनीहरुको छ । बैजनाथ गाउंपालिका ७ का वडा सदस्य गोपाल थारुले कर्मचारी अभावले सेवाग्राहीको काममा प्रभाव परेको बताए ।

भूमि व्यवस्था महाशाखासंग पटक पटक कर्मचारी माग गरे पनि अहिलेसम्म कर्मचारी परिपूर्ती हुन नसकेको कार्यालय प्रमुख प्रेमबहादुर दौल्याल गुनासो गर्छन् ।
अहिले भएका कर्मचारीबाट नै सेवाग्राहीलाई कार्यालयले सेवा दिईरहेको छ ।
जनताको काम छिटो छरिटो गर्ने र कुनै पनि बहानामा सेवा अवरुद्ध नहुने सरकारको प्रतिबद्धतालाई सरकार अन्तर्गतकै बिभागले अटेर गरेको उदाहरण हो मालपोत बांकेको समस्या । भुमि ब्यवस्था तथा अभिलेख बिभागले सरकारको लक्षमा असहयोग गरेको हो भने जनताको सेवा प्रभावित हुने गरि महिनौ कर्मचारी नपठाउने बिभागका अधिकारीहरुमाथि अनुसन्धान गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group