ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा युवती बेच्ने पसल ! १५ बर्षिया बालिका समेत बेचबिखनमा


sharan sharan
८ जेष्ठ २०७६, बुधबार   १ : ३६   बजे

बुटवल, ८ जेठ ।
लागु औषधमा मात्र ध्यान केन्द्रीत गरेर अनुसन्धानमा लागेको प्रहरी, रुपन्देहीमा युवतीहरुको पसल राखेर होटल होटलमा सप्लाई गरिने घटना फेला परेपछि झस्केको छ । बुटवलमा रहेको एक सानो होटलबाट ठुला ठुला होटलहरुमा समेत युवती सप्लाई हुने गरेको तथ्य प्रहरीले हात पारेको छ ।
बुटवल कालिकानगर स्थित राप्ती मेनु होटलबाट जव एक जना १५ बर्षिया नाबालिक हरेक दिनको यौन शोषणको पिडा सहन नसकेर भागिन त्यसपछि बुटवलमा फस्टाएको यौन धन्दाको पर्दाफास भएको हो । गरिबीका कारण होटलमा भांडा माझ्न बसेकी किशोरीलाई होटलसंगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएकि थिईन् । घरमा आमासंग आफुले भोगेको पिडा सुनाउंदा समेत परिवार प्रहरीकोमा नगएर किशोरीलाई काम गर्न भारत पठाउने क्रममा नेपाल भारत सिमाबाट उद्धार गरेर प्रहरीमा बुझाईएपछिमात्र किशोरीको पिडा र बुटवलमा चलेको धन्दा सार्वजानीक भएको हो ।
प्रहरीका अनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा बिभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो । किशोरीको बयानमा पनि हाफुलाई गाडीमा राखेर अग्ला घर भएको एसी चल्ने होटलमा पठाईएको ब्यहोरा आएको प्रहरीले जनाएको छ । किशोरीको बयानका आधारमा प्रहरीले होटल संचालक दम्पत्ती टेकबहादुर कुंवर र मिना कुमारी कुंवरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी यौनधन्दा नियन्त्रण गर्न र समाजमा बिकृतिलाई न्युनिकरण गर्न सक्रियतापुर्वक लागेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापा बताउंछन् ।
प्रहरीको सक्रीयतालेमात्र यौन धन्दा नियन्त्रण नहुने बताउंदै एसपि थापाले समाजमा रहेको नागरिकहरुको सहकार्य र सक्रियतामा प्रहरीले यस्ता धन्दामा नियन्त्रण गर्न सक्ने बताउंछन् । कुंवर दम्पत्तीले युवतीहरुलाई एक पटक सम्पर्क गरेको १ हजार ५ सय र रातभरी बसेको ६ हजार सम्म लिने गरेको एसपी थापाले बताए । उद्धार गरिएकी किशोरीलाई भने एक पटक ३हजार ५ सय र एक पटक एक हजार ५ सय मात्र दिएको किशोरीले बताईन् ।
प्रहरी उपरिक्षक थापाले किशोरीको बयानका आधारमा यौनधन्दाको बिषयमा गम्भीर अनुसन्धान गरिने बताएका छन् ।
१५ हजारका लागि साथीको हत्या :

उता रुपन्देही प्रहरीले मात्र १५ हजार रकमका लागि आफ्नै साथीको हत्या गर्ने समुहलाई समेत पक्राउ गरेको छ । १५ हजार गोजीमा हालेर मादक पदार्थ सेवन गरेको अवस्थामा अपशब्द बोलेको निहुमा कपिलवस्तुका चिरन्जीबी आचार्यको हत्या भएको प्रहरीले बताएको छ । संगै होटलमा मदिरा सेवन गरेका राजु बिक र रमेश बिकले १५ हजार लुटनकै लागि आचार्यको ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

हत्या पछि स्थानीय गोपाल खनाल र बसन्त खत्रीको संरक्षणमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले खनाल र खत्री सहित बिक द्धयलाई पक्राउ गरेको छ । जेठ ६ गते रुपन्देहीकोे सैनामैना १० सितलापुरमा आचार्यको शव फेला परेको थियो । गरिबी र मदिरा सेवन हत्याको प्रमुख कारण भएको ईलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरिक्षक डिलबहादुर मल्ल बताउंछन् ।
प्रहरीले गरिबिका कारण यौन पसल राख्ने र साथीका हत्या गर्ने समुहलाई एकै दिन सार्वजानीक गरेबाट पनि देशमा गरिबीले अपराध बढाएको पुष्टी गरेको छ । गरिबीको न्युनिकरण त राजनितीक नेतृत्वले निती बनाएर गर्ला तर समाजमा बढेको अपराधीक घटना नियन्त्रण गर्न प्रहरीले अझै सक्रीयता बढाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group