ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको प्रहरी सुरक्षित समाज र विकास निर्माणको साझेदार : महानिरीक्षक खनाल


admin
११ जेष्ठ २०७६, शनिबार   १२ : ५९   बजे

चितवन, ११ जेठ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताउनुभएको छ ।

भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उहाँले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताउनुभयो । पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको बताउँदै उहाँले पर्यटकीय नगरी सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा आउने पर्यटक सुरक्षित महशुस गरेमा मात्रै पर्यटन क्षेत्रको विकास हुन्छ ।” पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटन मन्त्रालयसँग सहकार्य गर्दै सरकारले घोषणा गरेको पर्यटनका सय गन्तव्यमा सिसी टिभी जडानको काम गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिका–२२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलगायतले बोल्नुभएको थियो । पर्यटन प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी रहनेछन् ।

पश्चिम चितवनको यस क्षेत्रमा अहिले तीन वटा तीनतारे होटल सञ्चालनको क्रममा रहेका छन् भने पाँच वटा ठूला होटल सञ्चालन भइरहेका छन् । यस्तै साना दुई दर्जनको हाराहारीमा होटल रहेको वडाध्यक्ष महतोले जानकारी दिनुभयो ।

यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले वृद्धि भएको पर्यटन व्यवसायीले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान हो । सरकारले घोषणा गरेको एक सय गन्तव्यमा पटिहानी पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu