ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज विश्व सूर्तिजन्य पदार्थरहित दिवस, नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्यु


एबीसी न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार   ८ : ४४   बजे

काठमाडौँ, १७ जेठ ।आज विश्व धूम्रपानरहित दिवस ,धुम्रपानका कारण स्वास्थ्यमा पार्ने असर र त्यसले निम्त्याएको क्षतिबारे सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदैछ । सूर्तिजन्य पदार्थको नेपाल लगाएत विश्वका धेरै मुलुकमा बिक्रि वितरणमा सरकारले चर्को कर लगाएपनि ब्यापारमा भने कमि आएको देखिन्न ।  ‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने मुल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरेर धुम्रपान रहित दिवस मनाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार नेपालमा मात्रै झण्डै ९० लाख व्यक्ति धुम्रपान र सुर्तिजन्य पदार्थको सेवनमाको कुलतमा फसिरहेका छन् भने सुर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य हुने गरेको समेत तथ्याँकले देखाएको छ ।
तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सूर्ति सेवनका कारणले हुने गर्दछ भने १० जनामध्ये एक जना वृद्धको अकालमा चुरोट सेवनका कारणले मृत्यु हुने गर्दछ। यस्ता विभिन्न कारणबाट मृत्यु हुनेको संख्यालाई जोड्दा समेत धुम्रपानका कारणले हुने मृत्यूको सख्या भन्दा धेरै हुन नसक्ने जानकारहरुले बताएका छन्।

मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २७ हजार १ सय ३७ जनाको सुर्तिजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्युवरण गर्नु परेको छ। चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको बताएका छन्। धुम्रपानका कारण मानिसहरुमा फोक्सोका क्यान्सर मात्र नभएर मुटुरोग, मधुमेह, श्वासप्रश्वास, उच्चरक्त चाप जस्ता विभिन्न दिर्घ रोगले भयावह रुप लिँदै गइरहेका छन्। त्यस्तै, सुर्तिजन्य पदार्थ सेवन नगर्ने तर सेवन गर्ने व्यक्तिको वरिपरि बसी धुँवा लिने व्यक्तिहरुलाई धेरै असर पर्ने गरेको समेत चिकित्सकहरुले बताउछन् । नेपालमा ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा जम्मा हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group