ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासका योजना छनोट गर्दा स्पष्ट हुनुपर्छ– मुख्यमन्त्री राई


एबीसी न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार   १ : ४५   बजे

काठमाडौँ, १७ जेठ । प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले प्रदेश तथा स्थानीय तहको सहकार्यलाई बलियो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित उक्त बैठकमा प्रस्तुत भएका योजनालाई दोहोरिन नदिने र राष्ट्रिय योजना आयोगले तयार पारेको आधारपत्रसँग प्रदेश तथा स्थानीय तहको तालमेल गराउन सके विकासले गति लिनसक्ने सहभागीहरूले जनाएका छन् ।
मुख्यमन्त्री शेरधन राईले बैठक शुभारम्भ गर्दै विकासका योजना छनोट गर्दा त्यसबारे स्पष्ट हुनुपर्ने बताउनुभयोे । ठूलो योजना सङ्घले, मझौला योजना प्रदेशले र साना योजना स्थानीय तहले छनोट गर्नुपर्ने स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिँदै उहाँले आगामी दिनमा पूर्वाधार विकासका निम्ति बजेट खर्च गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने र अनियमिततालाई शून्यमा झार्नुपर्ने बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहले बजेट सार्वजनिक गर्दा समयको तालमेल मिलाउनुपर्ने सुझाव दिँदै मुख्यमन्त्री राईले सरकारको प्राथमिकतामा पर्ने कृषि, पर्यटन, भौतिक पूर्वाधार विस्तार र रोजगारी सिर्जनाका क्षेत्रलाई बजेटमा समेट्न खोजिएको हो भन्नुभयो । उहाँले स्थानीय तहबाट आएका योजनाका चाङलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे ध्यान दिन आग्रह गर्नुभयो ।
प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी र आर्थिक मामिला तथा योजना सचिव जीवन सिटौलाले प्रस्तुत गर्ने योजनासम्बन्धी कार्यपत्रमा प्रदेश नं १ का सबै स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका संयोजकहरुबीच समूहमा छलफल गराएर ठोस निष्कर्ष निकालिने भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल र मन्त्रालयका सचिवहरु एवं उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group