ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने : अध्यक्ष प्रचण्ड


admin
१८ जेष्ठ २०७६, शनिबार   ११ : ४५   बजे

काठमाडौं ,१८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह गर्नुभयो ।

उहाँले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

दुई पार्टीबीच भएको निर्णय पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । उहाँले भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले यही जेठ २० गते बस्ने सचिवालय बैठकले पार्टी एकीकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group