काठमाडौं,२५ फागुन । गृहमन्त्री रामबहादुर थापाले नेक्रविक्रम चन्द नेतृत्वको नेकपालाई कानुनी प्रक्रियाबाटै निस्तेज पारिने बताउनुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुग्नुभएका गृहमन्त्री थापाले चन्द समूह खासै ठूलो चुनौती नभएको पनि बताउनुभयो । उहाले चन्द नेतृत्वको गतिविधिलाई उन्मुक्ति दिँदा हौसला मात्रै बढेको ...