काठमाडौं, २७ मंसिर । अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ...