काठमाडौं, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आमहड्तालका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण मेची राजमार्गमा बिहानैदेखि लामो दूरीमा चल्ने सवारी साधन निकै पातलो गरी मात्रै चलेका छन् भने छोटो दूरीका सवारी पनि थोरै मात्र सञ्चालनमा छन्। ...