काठमाडौं, २१ वैशाख। आईपीएल क्रिकेटमा हिजो भएका खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । गएराति भएको दोस्रो खेलमा गुजरातले पञ्जाबलाई ४ विकेटले हरायो । अहमदाबादमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । ...