काठमाडौं जेठ ६। सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्। अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र ...