काठमाडौ, २३ असोज । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् । द्वन्द्वका क्रममा इजरायलमा ९०० र हमास नियन्त्रित क्षेत्र गाजामा ६९० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ...