काठमाडौं, ७ पुस । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । ...