काठमाडौं २१ वैशाख । संघीय सरकारले भूमि व्यवस्थापन तथा सार्वजनिक जग्गा खाली गराउने नाममा चालेका पछिल्ला कदमप्रति राजनीतिक तथा कानुनी वृत्तमा तीव्र आलोचना भएको छ। आलोचकहरूले यी कार्यलाई संविधानले व्यवस्था गरेको अधिकार बाँडफाँटको स्पष्ट उल्लंघन भन्दै ‘केन्द्रबाट गरिएको हुकुमी प्रशासनिक शैली’ को संज्ञा दिएका छन्। ...