सिन्धुली । बीपी राजमार्गमा भएको दुर्घटनामा परी मोटर साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा सोमबार बिहान भएको दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ तुवाचुङ–२ का २० वर्षीय सुशन राई र खोटाङ दिक्तेल–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको हो । ...