काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक आईजीपी बसन्त बहादुर कुँवर इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका छन् । प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इन्टरपोलको कार्यालक्रमा भाग लिन आईजीपी कुँवर अष्ट्रिया गएका हुन् । १२ मंसिरदेखि १५ सम्म इन्टरपोलको महासचिवालयको आयोजनामा ९१औँ महासभामा अष्ट्रियाको भियनामा हुनेछ । ...