काठमाडौ ४ साउन । पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार, पहिरोले घर पुरिँदा ७० वर्षीय छविलाल विश्वकर्माको ज्यान गएको हो । उहाँकी श्रीमती विष्णुमती विश्वकर्मा पहिरोमा पुरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ...