भीमदत्तनगर, १८ माघ । वातावरणमा हुने हानी÷प्रभावलाई बेवास्ता गरी गाउँमा क्रसर उद्योग स्थापना हुन लागेपछि कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका स्थानीयवासी विरोधमा उत्रिएका छन् । उद्योग स्थापना गर्नुपर्ने मापदण्ड र प्रक्रियालाई बेवास्ता गरी बस्तीमा क्रसर उद्योग स्थापना गर्न लागिएको भन्दै यहाँका वडाध्यक्षसहित स्थानीयवासी विरोधमा उत्रिएका हुन् । ...