ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अचम्मको गुफा, हेर्न जाऔँ एकपल्ट म्याग्दीमा


admin
२९ माघ २०७४, सोमबार   ३ : १७   बजे

म्याग्दी, २९ माघ । मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ ।

बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् ।

पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ । गुफाको बारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका बासिन्दा एवं शिक्षक डकवबादुर रोकाले बताउनुभयो । गुफाको बारेमा प्रचारप्रचार हुन नसकेको रोकाको भनाइ छ ।

स्थानीयवासी र छिमेकी वडाका विद्यालयबाट शिक्षक र विद्यार्थी गुफाको अवलोकन गर्न आउने गरेका छन् । “गुफाका बारेमा धरैलाई जानकारी छैन” रोकाले भन्नुभयो– “व्यवस्थित पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्ने हो भने गुफा जिल्लाकै पर्यटकीय गन्तव्य बन्न सक्छ ।”

एउटै गुफाभित्र रहेका धेरै आकर्षक कलाकृतिले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाइलो क्षण बिर्सिएको गुफाको अवलोकन गरेर फर्कनुभएका रञ्जीत रोकाले बताउनुभयो । सदरमुकाम बेनीबजारदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि पुगिने सो गुफाको संरक्षण गर्नतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन । पर्यटकीय सम्भावना भएर पनि भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा सो गुफा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मलेसिया रोजगारीका लागि छनोट २५ म्यानपावरलाई सरकारले छलफलमा बोलायो

तनहुँको छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध

सम्बन्धित

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu