ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्यास पराशर क्षेत्र धार्मिक एवं पर्यटकीयस्थल बनाउनुपर्ने: प्रम देउवा


admin
१ फाल्गुन २०७४, मंगलबार   ६ : ५६   बजे

तनहुँ, १ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

पराशर आश्रम संरक्षण समिति तनहुँद्वारा ब्यास नगरपालिका–५ को वेनीपाटनमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले ब्यास र पराशर क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउँदै मानुङकोट, तनहुँसुर, चुदी रम्घाजस्ता पर्यटकीय क्षेत्रको विकासका लागि सम्बन्धीत सबै पक्षबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रजातान्त्रिक आन्दोलनमा तनहुँले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चागर्दै उहाँले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा यस्ता धार्मिक कार्यले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्व गोवर्धन पोख्रेल र बुद्धसिंह रानाको योगदानको स्मरण गर्दै जिल्लाको सम्रग विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

संस्कृत गुरुकुलको उचित संरक्षण गर्नुपर्नेमा जोड दिदैं उहाँले ब्यास–३ भतेरी क्षेत्रमा आवश्यक संरचना निर्माणका लागि सरकारले रु १० करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

ब्यास नगरपालिकाका प्रमुख बैकुृण्ठ न्यौपाने, महायज्ञका संयोजक ताराप्रसाद श्रेष्ठ र महासचिव सत्यप्रसाद खनाल लगायतले पुण्यको कार्यमा मन फुकाएर सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

शिवालय, वृद्धाश्रम, पराशर सत्सङ्ग, सत्यवक्ती शिला र गुरुकुल विद्यालयको संरक्षण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञबाट रु दुई करोड उठाउने लक्ष्य लिएको छ । महायज्ञ फागुन ८ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

रोल्पामा वर्षमान पुन विजयी

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

रुकुम पूर्वमा उत्साहजनक मतदान: सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो, महिलाको सहभागिता पनि उल्लेख्य

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group