काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
Originally published on abcnews.com.np.
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
सोमबार काठमाडौँमा नेपाली कांग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो प्रवृत्तिले कांग्रेसको आन्तरिक लोकतन्त्रमा मात्र नभई मुलुकको समग्र लोकतान्त्रिक शासन व्यवस्थामै गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभयो।
विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरूले पुनर्विचार गर्नुस्। गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नुभएको छ। त्यही बाटोबाट तपाईं हिँडिराख्नुभयो भने नेपाली कांग्रेस पार्टी मात्र होइन, नेपालको लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ।’
नेता सिटौलाले पार्टी नेतृत्वको आलोचना गर्ने समूहको राजनीतिक चरित्रमाथि समेत प्रश्न उठाउनुभयो। केही नेताहरूले ‘जेन–जी मुभमेन्ट’ का कारण पूर्वसभापति शेरबहादुर देउवालाई जिम्मेवारीबाट बाहिर राख्न सफल भएको भन्दै दिने गरेको अभिव्यक्तिप्रति पनि उहाँले टिप्पणी गर्नुभयो।
उहाँले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत जारी गरिएको वक्तव्यको स्मरण गराउँदै १४औँ महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्न र सो महाधिवेशनका क्रियाशील सदस्यहरूलाई विधिवत् मान्यता दिन माग गर्नुभयो।
अद्यावधिक गर्ने नाममा अनावश्यक प्रक्रिया र ‘नाटक’ गर्न आवश्यक नरहेको भन्दै सिटौलाले नवीकरण प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘तपाईंहरूले विघटन गरेको १४औँ महाधिवेशन कार्यसमितिलाई समायोजन गर्नुस् र १४औँ महाधिवेशनका क्रियाशील सदस्यलाई मान्यता दिनुस्। नवीकरणलाई निरन्तरता दिनुस्। अद्यावधिकको नाममा नाटक गर्न पर्दैन।’
पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन विधान, विधि र प्रक्रियाको पूर्ण पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्