ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती सरकारमा राप्रपाको भूमिकाबारे मकवानपुरका पदाधिकारीकै असन्तुष्टि


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १ : १५   बजे

निर्वाचन क्षेत्र नटेकेकालाई सांसद बनाउँदाको परिणाम : सापकोटा

हेटौँडा । बागमती प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रको निर्णयविपरीत सहभागिता जनाउन लागेको विषयमा मकवानपुर राप्रपा नेतृत्वभित्रसमेत असन्तुष्टि देखिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुन लागिएको भन्दै असन्तुष्टि जनाएका छन्। बागमती प्रदेशसभा सचेतक कुमारी तामाङले पनि प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिइएको समर्थन पार्टीको आधिकारिक निर्णय नभएको दाबी गरेकी छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका कोषाध्यक्ष सञ्जीव सापकोटाले राप्रपाका समानुपातिक सांसदको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत निष्ठा र राजनीतिक आदर्श कमजोर हुँदै जाँदा अहिलेको परिस्थिति सिर्जना भएको टिप्पणी गरेका छन्।

सापकोटाले प्रदेशसभा निर्वाचनमा मकवानपुरका मतदाताले राप्रपालाई २४ हजार ५ सय समानुपातिक मत दिएको उल्लेख गर्दै त्यसको सम्मान हुन नसकेको बताएका छन्। निर्वाचन क्षेत्रमै नटेकेका व्यक्तिलाई समानुपातिक सांसद बनाएर प्रदेश सरकारमा सहभागी गराउनु मकवानपुरका मतदाताको भावनाविपरीत भएको उनको दाबी छ।

उनले मकवानपुरका तत्कालीन राप्रपा अध्यक्ष शिवराम थापा पार्टीको जिल्लागत सिफारिसमा पहिलो नम्बरमा रहेर बन्दसूचीमा समेत परे पनि अवसर नदिइएको भन्दै नेतृत्वसँग प्रश्न गरेका छन्।

सापकोटाले मकवानपुरबाट लामो समयपछि दीपकबहादुर सिंहलाई निर्वाचित गराउन भूमिका खेलेको जिल्लालाई पार्टीले बेवास्ता गरेको आरोप लगाउँदै त्यसको परिणाम अहिले देखिएको टिप्पणी गरेका छन्।

उनले समानुपातिक सांसद बनेर सरकारमा सहभागी हुनेहरूले प्रत्यक्ष निर्वाचनमार्फत राजनीतिक आदर्श प्रदर्शन गर्न नसकेको भन्दै प्रश्नसमेत उठाएका छन्।

सापकोटाले पार्टीभित्र लामो समय योगदान गरेका नेता–कार्यकर्तालाई पाखा लगाएर समानुपातिक प्रणालीमार्फत सांसद बन्ने प्रवृत्तिले राजनीतिक निष्ठामाथि प्रश्न उठाएको बताएका छन्। प्रदेशसभाको बजेट वितरणमा समेत चिनजान र आसेपासे हाबी भएको उनको आरोप छ।

उनले राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले मकवानपुरका २४ हजार ५ सय मतदातालाई जवाफ दिनुपर्ने माग गर्दै योग्य र लामो समयदेखि पार्टीमा योगदान गरेका व्यक्तिलाई किन अवसर दिइएन भन्ने प्रश्नको जवाफ खोजेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

वैदेशिक सहायता राष्ट्रिय बजेट र सरकारी कोषमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

सम्बन्धित

नारेश्वर तालमा पानी भरिन थालेपछि पर्यटकको चहलपहल, सिँचाइ र रोजगारीको आशा

डेढ अर्ब थपेर काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सयलाई रोजगारी

नामी भिगो ई२ सार्वजनिक, नाडा अटो शोसम्म ३५ लाख ९९ हजारमै पाइने

विश्व लामखुट्टे दिवस : नेपालमा ५६ जिल्लामा कीटजन्य रोगको जोखिम

कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित अर्थतन्त्र प्रवर्द्धनका लागि सहकार्य

दरवाङको भगवती मन्दिर : धर्मसँगै शिक्षा र सामाजिक इतिहासको साक्षी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu