ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १ : १५   बजे

काठमाडौं । गरिमा विकास बैंकले लाजिम्पाटमा रहेको आफ्नो केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा स्थानान्तरण गरेको छ। बैंकको स्वामित्वमा रहेको नयाँ भवनमा स्थापना गरिएको केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले भदौ ३ गते बुधबार उद्घाटन गरेका हुन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गर्दै आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको यात्रामा नयाँ अध्याय सुरु भएको बताए।

उनले बैंकको व्यावसायिक सफलतामा ग्राहक, शेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको महत्वपूर्ण योगदान रहेको बताए।

बैंकका अध्यक्ष दिलिपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

वालिङदेखि काठमाडौंसम्म

गरिमा विकास बैंकले २०६४ कात्तिक १८ गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको थियो। २०६७ सालमा केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरिएको थियो।

राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्तरोन्नति भएपछि २०७३ चैत २७ गते बैंकको केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा सारिएको थियो। अहिले बैंकले आफ्नै स्वामित्वको भवनबाट बालुवाटारस्थित केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको हो।

हाल बैंकका देशभर १२६ शाखा, ५१ एटीएम तथा आधुनिक बैंकिङ सुविधाहरू रहेका छन्। बैंकले करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

वैदेशिक सहायता राष्ट्रिय बजेट र सरकारी कोषमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

सम्बन्धित

नारेश्वर तालमा पानी भरिन थालेपछि पर्यटकको चहलपहल, सिँचाइ र रोजगारीको आशा

डेढ अर्ब थपेर काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सयलाई रोजगारी

नामी भिगो ई२ सार्वजनिक, नाडा अटो शोसम्म ३५ लाख ९९ हजारमै पाइने

विश्व लामखुट्टे दिवस : नेपालमा ५६ जिल्लामा कीटजन्य रोगको जोखिम

कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित अर्थतन्त्र प्रवर्द्धनका लागि सहकार्य

दरवाङको भगवती मन्दिर : धर्मसँगै शिक्षा र सामाजिक इतिहासको साक्षी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu