ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भावुक हुँदै अमेरिका फर्किए धुर्मुस, लेखे– ‘१८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु’


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १ : २५   बजे

काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका फर्किएका छन्। नेपाल बसाइका क्रममा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण व्यवस्थापनका लागि आफूले दुई महिनासम्म अथक प्रयास गरे पनि समस्या समाधान हुन नसकेको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेख्दै कट्टेलले राज्यका विभिन्न निकायसँग पहल गरे पनि आफूले न्याय पाउने अवस्था नबनेको उल्लेख गरेका छन्।

उनका अनुसार, रंगशालाका लागि विनियोजित १५ करोड रुपैयाँ बजेटसमेत खर्च हुन नसकी फ्रिज हुने अवस्था आएको छ। आफू भने १८ करोड ४३ लाख रुपैयाँ ऋणको भार, अधुरा सपना र पीडा बोकेर मातृभूमि छाड्न बाध्य भएको उनले बताएका छन्।

कट्टेलले नेपाल फर्कँदा रंगशालाको समस्या समाधान हुने र आफूले न्याय पाउने आशा राखेको उल्लेख गरेका छन्। तर दुई महिनासम्म राज्यका विभिन्न निकायमा धाउँदा पनि आफ्नो आवाज नसुनिएको उनको गुनासो छ।

उनले लेखेका छन्, ‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।’

१० वर्षसम्म आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहनप्रति उनले कटाक्षसमेत गरेका छन्।

यद्यपि, सबै आशा समाप्त नभएको भन्दै कट्टेलले कुनै दिन राज्यले आफ्नो समस्या बुझ्ने र समयले सत्य बोल्ने विश्वास व्यक्त गरेका छन्।

‘मुटु भारी भएको छ, आँखा रसाएका छन्, तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ,’ उनले लेखेका छन्। न्यायको दिनको प्रतीक्षा गर्दै आफूहरू पुनः नेपाल फर्किने आशासमेत उनले व्यक्त गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

वैदेशिक सहायता राष्ट्रिय बजेट र सरकारी कोषमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

सम्बन्धित

नारेश्वर तालमा पानी भरिन थालेपछि पर्यटकको चहलपहल, सिँचाइ र रोजगारीको आशा

डेढ अर्ब थपेर काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सयलाई रोजगारी

नामी भिगो ई२ सार्वजनिक, नाडा अटो शोसम्म ३५ लाख ९९ हजारमै पाइने

विश्व लामखुट्टे दिवस : नेपालमा ५६ जिल्लामा कीटजन्य रोगको जोखिम

कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित अर्थतन्त्र प्रवर्द्धनका लागि सहकार्य

दरवाङको भगवती मन्दिर : धर्मसँगै शिक्षा र सामाजिक इतिहासको साक्षी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu