ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्ज–पोखरा हवाई सेवा भदौ ३१ देखि पुनः सञ्चालन


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १ : २५   बजे

नेपालगञ्ज । लामो समयदेखि स्थगित नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। निजी वायुसेवा कम्पनी बुद्ध एयरले यात्रुको माग बढेपछि उडान पुनः सञ्चालन गर्न लागेको जनाएको हो।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानमा पछिल्लो समय यात्रुको माग बढेको छ। गत जेठ ५ गतेदेखि धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढेका कारण उडान स्थगित गरिएको थियो।

सातामा तीन उडान

पुनः सञ्चालन हुने उडान आइतबार, बुधबार र शुक्रबार हुनेछ। बुद्ध एयरले उडानका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।

उडान पुनः सुरु हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज–पोखरा हवाई सेवाले पश्चिम नेपाल तथा भारतका पर्यटकलाई पोखरासँग सिधा जोड्ने भएकाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

धार्मिक पर्यटनमा टेवा

हवाई सेवा सञ्चालन भएपछि पोखरा हुँदै बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा आवतजावत गर्न सहज हुने व्यवसायीहरूको भनाइ छ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्नसमेत सहज हुनेछ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालन गरिएको थियो। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन र यात्रुको माग बढेसँगै सेवा पुनः सञ्चालन गर्न लागिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

वैदेशिक सहायता राष्ट्रिय बजेट र सरकारी कोषमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

सम्बन्धित

नारेश्वर तालमा पानी भरिन थालेपछि पर्यटकको चहलपहल, सिँचाइ र रोजगारीको आशा

डेढ अर्ब थपेर काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सयलाई रोजगारी

नामी भिगो ई२ सार्वजनिक, नाडा अटो शोसम्म ३५ लाख ९९ हजारमै पाइने

विश्व लामखुट्टे दिवस : नेपालमा ५६ जिल्लामा कीटजन्य रोगको जोखिम

कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित अर्थतन्त्र प्रवर्द्धनका लागि सहकार्य

दरवाङको भगवती मन्दिर : धर्मसँगै शिक्षा र सामाजिक इतिहासको साक्षी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu