ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, एभियन इन्फ्लुएन्जासहित विभिन्न रोग पुष्टि


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १ : ३५   बजे

चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षको अवधिमा सात हजार कुखुराको पोस्टमार्टम गरी विभिन्न रोग तथा संक्रमण पहिचान गरेको छ। चितवनसहित देशका १६ जिल्लाका किसानले पालेका कुखुराको पोस्टमार्टम गरी रोग पहिचान गरिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग तथा संक्रमण देखिएका छन्। पोस्टमार्टमबाहेक प्रयोगशालाले कुखुराका नमुना परीक्षणमार्फत पनि रोग पहिचान गर्दै आएको छ।

एक हजार पाँच सय कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग देखिएको डा. श्रेष्ठले जानकारी दिए। परीक्षण गरिएका नमुनामध्ये २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो र ९ प्रतिशतमा सिआरडी देखिएको छ।

त्यस्तै, ९ प्रतिशतमा ढुसीजन्य रोग, ४ प्रतिशतमा सिसिआरडी र ३ दशमलव ५ प्रतिशतमा साल्मोनेलोसिस संक्रमण भेटिएको प्रयोगशालाले जनाएको छ।

एभियन इन्फ्लुएन्जासहित विभिन्न संक्रमण

प्रयोगशालाका अनुसार कुखुरामा एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, इन्फेक्सियस ब्रोंकाइटिस (आईबी) र रानीखेतसमेत देखिएको छ।

द्रुत परीक्षण गरिएका २ सय ७८ नमुनामध्ये ४७ वटामा एभियन इन्फ्लुएन्जा पुष्टि भएको छ। यस्तै, १ सय ७६ वटा गम्बारो परीक्षण गर्दा १ सय ९ वटामा संक्रमण देखिएको छ।

९९ वटा रानीखेत परीक्षणमध्ये ७ वटामा तथा ४६ वटा आईबी परीक्षण गर्दा २ वटामा संक्रमण फेला परेको प्रयोगशालाले जनाएको छ।

त्यस्तै, ३ सय ६९ वटा नमुनालाई पीएटी विधिबाट परीक्षण गर्दा १२ वटामा साल्मोनेला र ३ सय ६० वटा नमुना परीक्षण गर्दा १६ वटामा माइकोप्लाज्मा संक्रमण देखिएको छ।

एलाइजा विधिबाट परीक्षण गरिएका १ सय ८४ नमुनामध्ये ३८ वटामा माइकोप्लाज्मा र ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सीआईएभी) संक्रमण भेटिएको प्रयोगशालाले जनाएको छ।

९ सय वटा कुखुराको नमुना कल्चर गर्दा ७ सय ८९ वटामा संक्रमण देखिएको छ।

जैविक सुरक्षा अपनाउन सुझाव

संक्रमण पुष्टि भएका कुखुरामा कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्नेबारे सेवाग्राहीलाई आवश्यक जानकारी दिइएको डा. श्रेष्ठले बताए।

उनका अनुसार कुखुराजन्य रोगको संक्रमण नियन्त्रणका लागि जैविक सुरक्षा अत्यन्तै महत्वपूर्ण छ। कुखुरापालनमा जैविक सुरक्षाका उपाय पालना नगर्दा रोग फैलिने जोखिम बढ्ने भएकाले किसानले खोरको सरसफाइ, संक्रमित कुखुराको व्यवस्थापन तथा जैविक सुरक्षा मापदण्डको पालनामा विशेष ध्यान दिनुपर्ने उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेको प्रश्न– निजी क्षेत्र पनि अख्तियारको दायरामा आए राज्यका बाँकी निकायले के गर्ने?

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

सम्बन्धित

गलत निर्णय र भ्रष्टाचार छुट्याउनुपर्छ : कानुनमन्त्री गौतम

तीन वर्षीया बालिकाको हत्या आरोपमा दुई पक्राउ, कुकुरले संकेत गरेपछि सहचालक हिरासतमा

काठमाडौं स्टिलको नयाँ प्लान्टबाट उत्पादन सुरु हुँदै, वार्षिक १ लाख ५० हजार टन छड उत्पादन गर्ने लक्ष्य

वैदेशिक सहायता र सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै छ : अर्थमन्त्री वाग्ले

नारेश्वर तालमा पानी भरिन थालेपछि पर्यटकको चहलपहल, सिँचाइ र रोजगारीको आशा

डेढ अर्ब थपेर काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सयलाई रोजगारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu