काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा लेखन अघि बढेको छ । मंगलबार आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विद्यालय शिक्षा विधेयकको मस्यौदा लेखन अघि बढेको बताएका हुन् ।
सातै प्रदेशबाट प्राप्त सुझावलाई समेट्दै मस्यौदा लेखन अघि बढेको सचिव पौडेलले बताए । विद्यालय शिक्षासम्बन्धी कानुनी व्यवस्थालाई समयसापेक्ष, प्रभावकारी र व्यवहारिक बनाउने उद्देश्यले सरोकारवालाबाट सुझाव संकलन गरिएको उनको भनाइ छ ।
प्राप्त सुझावका आधारमा ऐनको मस्यौदालाई थप परिमार्जन गर्दै निर्माण प्रक्रिया अघि बढाइने उनले बताए । उनले सातै प्रदेशबाट प्राप्त भएका सुझावहरूको निचोडलाई लिएर मन्त्रालयले मस्यौदा तयार पारेको बताए ।
सचिव पौडेलले शिक्षा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा ६ वटा विधेयक अघि बढाउने योजना बनाएको पनि जानकारी दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्