ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी: विभिन्न जिल्लाबाट २ सय ७० भन्दा बढी व्यक्ति सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ६ : ०५   बजे

सिन्धुपाल्चोक । भोटेकोसीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार भोटेकोसी गाउँपालिकाका ६५, बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९ जना सम्पर्कविहीन छन्।

त्यस्तै, जुगल गाउँपालिकाका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा कैलाश मानसरोवर जाने विदेशी पर्यटकका गाइड तथा भरिया, व्यापारी, गोसाइँकुण्ड गएका तीर्थयात्री, जलविद्युत् आयोजनामा कार्यरत जनशक्ति तथा रसुवा भन्सार कार्यालय आसपास व्यापारिक गतिविधिमा संलग्न नागरिक रहेको प्रशासनले जनाएको छ।

बाजुरा, अर्घाखाँची र रोल्पाबाट पनि सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार बाजुराका १३ जना रसुवा पुगेर सम्पर्कविहीन भएका छन्। हिमाली गाउँपालिकाका १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय मोहनलाल रोकाया, विक्रम भण्डारी, ५५ वर्षीय बिसी पाण्डे र नेपाली सेनामा कार्यरत ४५ वर्षीय दिपेश सार्की सम्पर्कविहीन रहेको जनाइएको छ।

त्यसैगरी, अर्घाखाँचीबाट रसुवा पुगेका नौ जना पनि सम्पर्कविहीन भएका छन्। प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीका अनुसार पाणिनी–३ धावा घर भई टिमुरेमा स्काभेटर चालकका रूपमा कार्यरत २९ वर्षीय प्रशान्त रेश्मी, सन्धिखर्क नगरपालिका–८ का २२ वर्षीय सुमित मल्ल ठकुरी, मालारानी गाउँपालिका–५ बाँगीका ४० वर्षीय नारायण पन्थी, भूमिकास्थान नगरपालिका–९ की मनिकला राना र काप्लेकी तारा राना सम्पर्कविहीन छन्।

यस्तै, शीतगङ्गा नगरपालिका–४ का इन्जिनियर सुबोध बेल्बासे, पाणिनी गाउँपालिका–७ का नारायण थापा, भूमिकास्थान नगरपालिका–१० का लुकबहादुर क्षेत्री र भूमिकास्थान–८ का कृष्णबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

रोल्पाका १६ जना पनि भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका छन्। सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका छ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लुम्बिनीबाट ९७ जना सम्पर्कविहीन

लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार प्रदेशका विभिन्न जिल्लाबाट काम तथा भ्रमणका क्रममा रसुवा पुगेका ९७ जना सम्पर्कविहीन छन्।

उनीहरू जलविद्युत् आयोजना, निर्माण कार्य तथा अन्य कामका लागि रसुवा पुगेका थिए। सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको मन्त्रालयले जनाएको छ।

बाँकेका २२ जना सम्पर्कविहीन

बाँकेका २२ जना नागरिक पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सम्पर्कविहीनमध्ये १६ जना बाँकेका स्थायी बासिन्दा, चार जना नेपाली र दुई जना भारतीय पर्यटक छन्।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले ठूलो जनधनको क्षति गरेपछि बाँकेबाट सम्पर्कविहीन नागरिकको विवरण संकलन गरी खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।

खोजी तथा उद्धारलाई प्राथमिकता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कविहीन रहेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। उहाँले आवश्यक समन्वय र सहकार्य गरी खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो।

जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालयले पनि सम्पर्कविहीन व्यक्तिका आफन्तलाई विवरण उपलब्ध गराउन आग्रह गर्दै सूचना जारी गरेका छन्।

प्रजिअ तामाङले विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकद्वार प्रणालीमार्फत आर्थिक सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ।

सम्पर्कविहीनको सूचीमा सुरक्षाकर्मी र विदेशी नागरिकसमेत

प्रशासनले संकलन गरेको विवरणमा बाजुराका वीरेन्द्र जोशी र सत्या जोशी, भारतको मुम्बईका सञ्जय पाटिल र नलिनी पाटिल, बर्दियाका विष्णु भण्डारी र हरिकुमार कुश्मी थारू तथा बाँकेको कोहलपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक भोजराज जोशीलगायत छन्।

त्यस्तै, राप्तीसोनारीका सुरेश विक, सेतुनाथ सेढाई, योगमाया पुनमगर र जानकी घर्ती, नेपालगञ्जका शेरसिंह रोकाया, विष्णुमती रोकाया, दीपक रोकाया, अराम दमाई र उजला दमाई पनि सम्पर्कविहीनको सूचीमा छन्।

बारबर्दियाका मनबहादुर थारू, डुडुवाका सुरजकुमार मोर्य, कोहलपुरका मायादेवी थारू, सुनसरी चौधरी, अनिता चौधरी र सीता थारू पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

अस्थायी रूपमा बाँकेमा बसोबास गरिरहेका बर्दियाका दुई जना टिमुरेस्थित भन्सार कार्यालयमा लोड–अनलोडको काममा संलग्न रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी–त्रिशूली बाढीले निम्त्याएको क्षतिले स्तब्ध बनायो : आङदेम्बे

विपद्मा आरोप–प्रत्यारोप नगरी उद्धार र राहतमा केन्द्रित हुनुपर्छ : शाही

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम पनि सुधारियो

US and Iran Exchange New Attacks: Wedding Hit, Missile Strikes Reported

High Risk of Flash Floods Predicted in Multiple Nepalese Districts

प्रधानमन्त्रीको शासन शैलीमा गुणात्मक परिवर्तन आवश्यक छ : बादल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu