ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : २६   बजे

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले सडक पूर्वाधारमा मात्रै कम्तीमा ३० अर्ब रुपैयाँ बराबरको क्षति पुर्‍याएको सडक विभागले जनाएको छ। विभागका अनुसार क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न भने ५० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।

सडक विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै बाढीबाट रणनीतिक सडक सञ्जालमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।

विभागका अनुसार बाढीका कारण रणनीतिक सडक सञ्जालअन्तर्गत ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस्तै, ३१ भन्दा बढी पुलमा क्षति पुगेको विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए।

“कम्तीमा पनि ३० अर्बको क्षतिको आकलन भएको छ। पुनर्निर्माणका लागि ५० अर्बभन्दा बढी खर्च हुने देखिन्छ,” जैसीले भने।

उनका अनुसार बाढीबाट भएको क्षतिले जिल्ला सदरमुकाम जोड्ने सडक तथा पुल निर्माणको डिजाइनमा समेत नयाँ पाठ सिकाएको छ। भविष्यमा बाढी तथा नदीको बहावलाई ध्यानमा राखेर जिल्ला सदरमुकाम जोड्ने पुल थप लामो र सुरक्षित बनाउनुपर्ने आवश्यकता देखिएको उनले बताए।

पुलको लम्बाइ बढाउँदा निर्माण लागतसमेत बढ्ने विभागको भनाइ छ।

तत्काल सडक सञ्चालनमा ल्याउने प्रयास

सडक विभागले बाढीबाट क्षतिग्रस्त सडक मर्मत तथा अवरोध हटाउन एक दर्जनभन्दा बढी उपकरण परिचालन गरेको जनाएको छ।

सम्भव भएका स्थानमा तत्काल सडक खुलाएर यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको महानिर्देशक जैसीले बताए।

उनका अनुसार सडक तथा पुलमा भएको क्षतिको विस्तृत मूल्यांकनसँगै तत्काल सञ्चालन गर्न सकिने सडक खुलाउने र दीर्घकालीन रूपमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने योजना अघि बढाइनेछ।

भोटेकोसी बाढीले सडक, पुललगायत यातायात पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा आवागमन सहज बनाउन सरकारले अस्थायी संरचना निर्माण तथा वैकल्पिक मार्ग सञ्चालनमा समेत जोड दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

बाँसबारीको १० रोपनी जग्गा प्रकरण : विनोद चौधरी कसरी जोडिन्छन् ?

बाढी प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न १ अर्ब रुपैयाँ निकासा

अर्थतन्त्र सुधारका नीति किन भए असफल? सस्तो कर्जादेखि आयात प्रतिबन्धसम्मको कथा

भोटेकोसी बाढीबाट भएको क्षतिमा २५ अर्ब ८७ करोडको बीमा दाबी

६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो

नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारससम्म सिधा रेल सेवा सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu