ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बरेङ स्वास्थ्य शाखाको समिक्षा


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : २५   बजे

बागलुङ/बरेङ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समक्षिा बुधबार सम्पन्न भएको छ । समिक्षामा स्वास्थ्य चौकीहरु, स्वास्थ इकाई तथा स्वास्थ्य शाखातर्फको कार्यप्रगती, चालु वर्षका वार्षिक कार्ययोजनाबारे स्वास्थ चौकी प्रमुखहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा उल्लेख भएअनुसार स्वास्थ्य तर्फको समस्या र चुनौतीको विषयमा पनि छलफल भई सुझाव संकलन गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाले उपकरण खरिद गरेपनि दक्ष स्वास्थकर्मी नहुँदा प्रयोगविहिन भएको, हुग्दिशिर स्वास्थ चौकीको कर्मचारी आवास, कर्मचारी भान्साकोठामा पानी चुहिने समस्या रहेको, झ्यालका सिसा फुटेको, चौकीको नवनिर्मित भवनमा पनि पानी चुहिने र अपाङ्गमैत्री शौचालय उपलव्ध नभएको विषय उठेका थिए ।

प्राप्त सुझावलाई कार्यान्वयन गर्दै लैजाने र आगामी दिनमा छुटेका कामलाई सुधार गर्ने, स्वास्थ सम्बन्धी सचेतनाको लागि नागरिकसंगको भेटघाट, छलफल कार्यक्रमलाई निरन्तरता दिने सो अवसरमा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ पोखरेलले गत वर्षको समिक्षामा भएका सल्लाह सुझावलाई चालु वर्षमा कार्ययोजना बनाई पालिका स्वास्थ सुधारमा लाग्ने बताए ।

कार्यक्रममा मान्छेमा लाग्ने रोगहरु पानीबाट धेरै हुने भएकोले खानेपानीको मुहान सरसफाईमा ध्यान दिनुपर्ने, बर्खाको समयमा भेलबाढी मुहानमा पस्ने हुँदा पानी पिउन उपयुक्त छ कि छैन भन्ने जानकारीको लागि प्रयोगशाला जाँच गर्न उपकरण खरिद गरी पालिकामा व्यवस्थापन गर्न प्रदेश जनस्वास्थ कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली प्रसाद आचार्यले सझाव दिएका छन् ।

प्रदेश जनस्वास्थ कार्यालयका अधिकृत टिकाराम भण्डारीले गाउँपालिकाको माग अनुसार स्वास्थ्यतर्फ सहयोग र नागरिक स्वास्थ सेवाको लागि आफुहरु सधैं तत्पर रहेको बताए ।

फेयरमेड फाउण्डेसन तथा सम्बोधन परियोजनाले पनि गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको र चालु वर्ष पनि कार्ययोजना बनाई नागरिकको स्वास्थ्य तर्फको सेवालाई सहयोग गर्ने सम्बोधन परियोजनाका विष्णु पौडेलले जानकारी दिए ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, स्वास्थ शाखा प्रमुख तथा जनस्वास्थ निरिक्षक पदम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

सम्बन्धित

कैलाशमा २० वर्षमुनिका १११ किशोरी सुत्केरी, ७२ जनाको घरमै प्रसूति

कैलाशमा बालविवाहको असर : एक वर्षमा १११ किशोरी सुत्केरी

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

गाँजाबाट समृद्धिको सपना : प्रतिबन्ध खोल्ने सरकारी तयारी, सम्भावना र चुनौती

भोटेकोसी बाढीका घाइतेको काठमाडौंका अस्पतालमा उपचार जारी, ट्रमा सेन्टरबाट ३४ जना डिस्चार्ज

भोटेकोशी बाढीमा मृत्यु भएका ९४ जनाको शव शिक्षण अस्पतालमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu