बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।
पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।
मुख्यमन्त्री पोख्रेलको विकासको खाकामा प्रदेश नं ५ का जिल्लाको विकासमा समान हिसाबले अघि बढाउने सरकारको योजना रहेको छ।
प्रदेश नं ५ को महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको विकाससँगै औद्योगिक र कृषिमा आधुनिकीकरण गरेर समृद्धि ल्याउने योजना सरकारको छ।
प्रतिक्रिया दिनुहोस्