पोखरा, ४ फागुन। प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
उहाँहरूलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पार्दीस्थित क्षेत्रीय प्रशासन कार्यालयको समीक्षालयमा शपथ गराउनुभयो । समारोहमा मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रमुख सचिव लक्ष्मण अर्याल, प्रदेशसभा एवं प्रतिनिधिसभा सदस्य, उच्चपदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।
यसअघि आज बिहान प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्री गुरुङ, सभामुख अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्