काठमाडौं, २३ फागुन । नेपाल मगर संघ र तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद्ले प्रदेश नम्बर ४ को नाम तमुवान–मगरात रहनुपर्ने माग गरेको छ ।
काठमाडौंमा बसेको दुई सस्थाको संयुक्त बैठककले प्रदेश नम्बर ४ लाई तमुवान–मगरात नामाङकन गर्नुपर्ने माग गरेको हो । दुई संस्थाले उक्त प्रदेशमा थातथलो रहेको आदिबासी जनजातिहरुको स्वयत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र सुनिश्चित गर्न अभियान सञ्चालन गर्ने सहमति पनि गरेको छ ।
यस्तै, दुवै संस्थाका केन्द्रीय उपाध्यक्ष तहबाट नेतृत्व गर्ने गरी प्रदेश नम्बर ४ मा थातथालो रहेका आदिबासी जनजाति संस्थाका प्रतिनिधि रहने गरी तमुवान–मगरत संघर्ष समिति निर्माण गर्ने, तमुवान–मगरात संघर्ष समितिलाई प्रदेशका सबै जिल्ला र स्थानीय तहसम्म विस्तार गर्ने दुई संस्थाले सहमति गरेको छ ।
संघर्ष समितिको नेतृत्व सबै तहमा चक्रिय प्रणालीमा गर्ने, समितिको साझा अवधरणा निर्माण गरी अभियानहरु संचालन गर्नका लागि कार्यविधि तयार गर्न तमु ह्युल छोँज धिँका तर्फबाट उपाध्यक्ष नरबहादुर गुरुङ र नेपाल मगर संघको तर्फबाट महासचिव ज्ञानेन्द्र पुनमगर रहेको कार्यदाल गठन गर्ने सहमति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्