ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रादेशिक कानून निर्माणका लागि समिति गठन


admin
२४ फाल्गुन २०७४, बिहिबार   ६ : २९   बजे

पोखरा, २४ फागुन । प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कानून निर्माण र मन्त्रिपरिषद्लाई विभिन्न रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्रीको संयोजकत्वमा रहने राजनीतिक समितिमा आन्तरिक मामिलामन्त्री र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सदस्य तथा प्रदेश मुख्य सचिव सदस्य सचिव रहनुहुनेछ ।

आन्तरिक मामिलामन्त्री संयोजक रहने प्रशासन समितिमा उद्योगमन्त्री सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य सचिवका रुपमा रहनुहुनेछ ।

त्यस्तै उद्योगमन्त्रीको संयोजकत्वमा रहने आर्थिक समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा बैठक शाखाका सचिव सदस्य सचिव रहने बताइएको छ । बैठकले आर्थिक कार्यविधि विधेयक २०७४ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले पारित गरेसँगै सो विधेयक आगामी प्रदेशसभाको बैठकमा टेबुल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu