ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीमा परेका पाँच जलविद्युत् आयोजनाका करिब २०० जना सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : ०५   बजे

काठमाडौं । भोटेकोसीको विनाशकारी बाढीमा परेर पाँच वटा जलविद्युत् आयोजनामा कार्यरत करिब २०० जना सम्पर्कविहीन भएका छन्। रसुवा, नुवाकोट लगायतका जिल्लामा बुधबार आएको बाढीले विद्युत् परियोजनामा ठूलो जनधनको क्षति पुर्याएको आशंका गरिएको छ। पछिल्लो विवरणअनुसार करिब २०० जना मानिस सम्पर्कविहीन भएका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले उपलब्ध गराएको तथ्यांक अनुसार रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन्। ती मध्ये आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन्, जसमा ८ जना कोरियन नागरिक समावेश छन्।

आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जनासमेत सम्पर्कविहीन भएको इप्पानले जनाएको छ। आयोजनामा कार्यरत १२ जना हेडवर्क्र्स क्षेत्रमा र २०० भन्दा बढी विद्युतगृह (पावर हाउस) क्षेत्रमा उद्दारको पर्खाइमा रहेको जानकारी प्राप्त भएको छ। आयोजनास्थलबाट पहिलो चरणको उद्दार सुरु भएको अनौपचारिक रूपमा बताइएको छ।

त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन्। टिमुरेमा ३ जनाले अग्लो ठाउँमा उक्लिएर ज्यान जोगाएका तर कसैसँग पनि सञ्चार सम्पर्क हुन सकेको छैन। यस्तै, ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजनाको विद्युत गृहमा कार्यरत ८ जना कर्मचारी बुधबारदेखी नै सम्पर्कविहीन छन्। इप्पानका अनुसार हेलिकप्टर व्यवस्थापन गरेर उद्दार तथा अवलोकनमा जाने प्रयास भइरहेको छ।

१२० मेगावाट क्षमताको रसुवा भोटेकोसीमा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका दुईजना हराइरहेका छन्, पाँच जना नजिकैको गाउँमा शरण लिएर बसेका छन्। जसमा ३ जना चिनियाँ र २ जना नेपाली उद्दारको पर्खाइमा रहेका छन्। हेलिकप्टर पुर्याएर उद्दारमा जाने तयारी भइरहेको इप्पानले जनाएको छ।

त्यसैगरी, २० मेगावाटको लाङटाङ खोलामा आएको बाढीले सुरुङमा थुनिएर सम्पर्कविहीन भएका ६० जना (२५ जना कर्मचारी र ३५ जना कामदार)सँग पनि सम्पर्क स्थापित हुन सकेको छैन। अहिलेसम्म सबैको अवस्था अज्ञात नै रहेको छ। विकासकर्ता कम्पनीका प्रतिनीधि गएर उद्धारका लागि प्रयास भइरहेपनि हेलिकप्टरको व्यवस्था हुन नसकेको इप्पानले जानकारी दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी–त्रिशूली बाढीले निम्त्याएको क्षतिले स्तब्ध बनायो : आङदेम्बे

विपद्मा आरोप–प्रत्यारोप नगरी उद्धार र राहतमा केन्द्रित हुनुपर्छ : शाही

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम पनि सुधारियो

US and Iran Exchange New Attacks: Wedding Hit, Missile Strikes Reported

High Risk of Flash Floods Predicted in Multiple Nepalese Districts

प्रधानमन्त्रीको शासन शैलीमा गुणात्मक परिवर्तन आवश्यक छ : बादल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu