हेटौंडा, १० वैशाख । प्रदेशसभा ३ का सांसदको लोगो र पोशाक निर्धारण भएको छ । सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेश सांसदले प्रयोग गर्ने लोगो र पोशाक निर्धारण गरेको छ।
बैठकले सांसदहरुको पोशाक कालो कोट, कालो जुत्ता, सेतो रंगको दौरा सुरुवाल तोकेको छ । महिला संसदले आफ्नो भेषभूषा अनुसारको पोशाक लगाउन पाउने निर्णय गरिएको प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिए ।
प्रदेशसभाको विशेष समारोहमा खैरोकोट लगाउन सकिने निर्णय पनि भएको छ ।
सांसदको लोगोमा राष्ट्रिय झण्डा, गौरीशंकर हिमाल, पशुपतिनाथको मन्दिर र स्वयम्भूको आँखा रहने गरी ४÷५ थरीका नमुना बनाउन लगाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्