काठमाडौं २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही हुने दाबी गरेका छन्। शनिबार सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको २ घन्टा लामो छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले कारबाहीबाट सरकार तलमाथि नहुने बताएका हुन् ...