काठमाडौं, १२ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुबारे ध्यानाकर्षण गराएका छन् । गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालले राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् महासचिव गुटेरसलाई स्मरणपत्र दिएको हो । संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने ...