काठमाडौं, १५ असार । झापाको मेचीनगर–४ बाहुनडाँगीमा भारतबाट आएका ४० देखि ५० वटा जङ्गली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित बनेको छ । हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत सकिरहेका छैनन् । किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती ...