तनहुँ, ११ साउन । तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत चालू आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको हो ...