काठमाडौं, १० जेठ।सरकारले अध्यादेशमार्फत पदमुक्त गरेका विश्वविद्यालयका पदाधिकारीलाई नै पुनः निमित्त जिम्मेवारी दिएपछि उच्च शिक्षामा कानुनी, विधि र प्रक्रियामाथि गम्भीर प्रश्न उठेका छन्। सरकारले केही समयअघि विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, रेक्टर र डिनलगायत पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो। तर कामकाज ठप्प हुन थालेपछि अर्को व्यवस्था नभएसम्मका ...