काठमाडौं, २९ साउन । नेकपा एमालेले केन्द्रीय समितिमा २ जना थप गरेको छ। पार्टीको सोमबार बसेको सचिवालय बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। न्यौपाने नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छाडेर एमाले प्रवेश गरेका थिए। ...