काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सोमबार दिउँसो भएको दुर्घटनामा ज्यान गुमाउने दुईजनामध्ये एकजनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुली एसपी गोविन्दराज काफ्लेका अनुसार भोजपुर हतुवागढी गाउँपालिका–१ का बुद्धिमान तामाङको सनाखत भएको हो। अर्का एकजनाको भने अझै पहिचान हुन बाँकी रहेको ...