सुन्दरहरैँचा, १२ चैत । १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेको छ । इटहरी रंगशालामा आज सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइज काठमाडौँलाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको हो । खेलको निर्धारित ...