रामेछाप, १० वैशाख । रामेछापको गोकुल गंगा धारापानीमा गत ६ गतेदेखि फैलिएको झाडापखालाले महामारीको रुप लिएको छ ।
३५ देखि ४० जनाको हाराहारिमा बिरामी परेका छन् ।
केहिलाई दोलखा जिल्ला अस्पताल जिरीमा उपचारको लागि ल्याइएको छ भने केहिलाई बेताली स्वस्थ्य चौकी पुर्याइएको गोकुलगंगा गाउंपालिकाका अध्यक्ष खड्ग सुनुवरले जानकारी दिनुभयो । उपचारको लागि चुचुरे, ठोसे र रस्नालुको स्वास्थ्यकर्मीहरु औषधिसहित गाउंमा पुगेको अध्यक्ष सुनुवारले बताउनुभयो । झाडापखालासंगै आउको पनि देखिने समस्या भएको स्थानिय निमलेकी शेर्पाले बताए ।
केहिदिन अघि १,२ जनामा देखिएको समस्या अहिले गाउभरी फैलिदै गएको हो ।
प्रतिक्रिया दिनुहोस्