विप्लव समूहले गठन गरेको जनपरिषदले हुलाक मार्फत पत्र पठाउँदै जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाउँदै राजनामा दिन चेतावनी दिएको हो । सेती महाकाली स्वयत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद् डोटीका प्रमुख अर्जुन भनिने नाममा हस्ताक्षरीत पत्रमा जनप्रतिनिधिहरु नागरिकको सेवामा भन्दा भ्रष्टाचारमा बढी लिप्त भएको भन्दै राजीनामा दिन माग गरिएको उल्लेख छ ।
परिषद् डोटीका प्रमुख अर्जुनले डोटीका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै आफूहरुले पत्र पठाएको स्वीकार गर्नुभयो । फोन सम्पर्कमा उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिहरुले नागरिकको सेवामा काम गर्नु भन्दा बढी भ्रष्टाचार गरेको प्रमाणका आधारमा हामीले पत्र पठाएका हौँ, राजीनामा नदिए हामी कडा संघर्समा जानेछौँ ।’ विप्लव समूहको पत्रपछि जनप्रतिनिधिहरुले सुरक्षा प्रबन्ध मिलाउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्