वीरगञ्ज, १० वैशाख । पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले कार्यक्रम स्थल बाटै पक्राउ गरेको छ ।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीले होटल कुमु प्यालेसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित पटेल बेलायत सरकारको सहयोगमा सञ्चालित स्थानीय तहको वस्तुगत विवरण प्रोफाइल तयारी सम्बन्धी अभिमुखीकरणमा सहभागी हुन वीरगञ्जमा थिए । प्रहरी स्रोतका अनुसार लागूऔषध ओसारपसार सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्