काठमाडौं ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सांसद धनराज गुरुङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्। कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले सदनमा गृहमन्त्री लामिछानेले सत्यतथ्य नबोलेको भन्दै संसद्को अवहेलनामा कारबाही गर्न माग गरेका हुन्। ...